नेपाल पक्षको केन्द्रीय समिति बैठक आज बस्ने, ओलीले बोलाएको बैठकमा जाने/नजाने निर्णय गर्ने

नेपाल पक्षको केन्द्रीय समिति बैठक आज बस्ने, ओलीले बोलाएको बैठकमा जाने/नजाने निर्णय गर्ने

केन्द्रबिन्दु
0
Shares

पार्टी अध्यक्ष केपी ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुने निर्णय गर्न एमाले झलनाथ-माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ । 

एमाले केन्द्रीय कमिटीलाई माओवादी केन्द्रबाट आएका ४ जना थपेर २६१ सदस्यीय बनाइएको छ । महाधिवेशन आयोजक कमिटी भङ्ग भएसँगै खनाल–नेपाल समूहमाथि लगाइएको कारबाही पनि खारेज भएको छ । 

स्थायी कमिटीमा सदस्य थप गरिएको विषयमा माधव नेपाल पक्ष सन्तुष्ट छैन । ओलीको चालबाजी हुनसक्ने आशंका गरिरहेको असन्तुष्ट पक्षले प्याकेजमै सहमति खोजिरहेको छ । 

खनाल–नेपाल समूहले भने हिजोको निर्णयलाई अर्को जालझेल र अलमल्याउने निर्णयका रुपमा बुझेका छन् । यसबारे हिजोदेखि नै अनौपचारिक छलफलमा जुटेका उनीहरुले आज औपचारिक छलफल गर्दै छन् ।

Skip This
Skip This
Logo