मेलम्चीको बहाव फेरि बढ्यो, सतर्क रहन प्रहरीकाे आग्रह

मेलम्चीको बहाव फेरि बढ्यो, सतर्क रहन प्रहरीकाे आग्रह

केन्द्रबिन्दु
0
Shares

निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव फेरि बढेको छ। केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ। 

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ। 

असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए। “खोलाको बहाव बढिरहेको छ। अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने।रासस

Skip This
Skip This
Logo