संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसमा छः नेतृ कोइराला

संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसमा छः नेतृ कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताएकी छिन्।

गिरिजाबाबुको ९८ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले बुधबार आयोजना गरेको ‘लोकतन्त्रको सङ्घर्ष र गिरिजाबाबुको योगदान’ विषयक भर्चुअल अन्तर्क्रियामा उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाको जिम्मेवारी पनि पार्टीको भएको बताएकी हुन्। 

“गिरिजाबाबुलाई अन्तिम अवस्थामा पनि संविधानको चिन्ता थियो, सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हो”, उनले भनिन्। 

केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गिरिजाबाबुले शान्ति स्थापना र संविधान बनाउन खेलेको भूमिका प्रशंशनीय रहेको बताए। कर्णाली प्रदेशका उर्जामन्त्री दिनबन्धु श्रेष्ठले कर्णाली राजमार्गको शिलान्यास गिरिजाबाबुको पालामा भएको भन्दै उनी कर्णालीवासीको अभिभावक भएको उल्लेख गरे। 

पूर्वमन्त्री हस्तबहादुर मल्लले गिरिजाबाबुले कर्णालीमा मोटरबाटो लैजानका लागि आफ्नो प्रधानमन्त्रीत्वकालमा महत्वपूर्ण निर्णय गरेको स्मरण गरे। 

फाउण्डेशन कर्णाली प्रदेशका संयोजक एवम् पूर्व सांसद रीता शाहीले कर्णालीको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताएकी थिइन्।

Skip This
Skip This
Logo