सुनको मूल्य ८ सयले बढ्यो, कतिमा कारोबार हुँदै?

सुनको मूल्य ८ सयले बढ्यो, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज सुनको मूल्य बढेको छ। सुन आज ८ सयले बढेको हो।

आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो। बुधबार ६ सयले घटेको थियो ।

गत हप्ता आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो। बुधबार सुन ३ सयले घटेको सुन बिहीबार २ सयले घट्यो। शुक्रबार स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ३०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज २० रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार ३१० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo