काभ्रेमा शनिबार १८ जना कोरोना संक्रमित थपिए

काभ्रेमा शनिबार १८ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे जिल्लामा शनिबार एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ९५८ पुगेको छ ।

मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए ।

जसमध्ये ५८५ जना निको भएका छन् । जिल्लामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका १० जना, बनेपाका ३, पनौतीका ३ र मण्डनदेउपूरका २ जना रहेका छन् ।

Skip This
Skip This
Logo