जनता समाजवादी पार्टी जसपाले सरकारले ल्याएका विभिन्न सातवटा अध्यादेश अस्वीकार गरेको छ। बिहीबारको राष्ट्रियसभा बैठकमा सरकारले ७ बटा अध्यादेश टेवुल गराएको थियो।
उक्त अध्यादेश जसपाका दुई सांसदले अस्वीकार गरेको सूचना संसद सचिवालयमा दर्ता गरेका छन्।
जसपाका सांसद मृगेन्द्रकुमार सिंह र प्रमिला कुमारीले संसद सचिवालयमा राष्ट्रियसभा नियमावली नियम ८९ बमोजिम शुक्रबार अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गरेका हुन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारले विभिन्न अध्यादेशहरु दर्ता गराएको थियो। जसपाका सांसदहरुले संसद छलेर संविधान विपरित ल्याइएको भन्दै अध्यादेश अस्वीकार गर्नु पर्नाको कारण उल्लेख गरेका छन् ।
यसरी अस्वीकार गर्न सूचना दर्ता गरिएका अध्यादेशमा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश, सपथ सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरीसम्बन्धी अध्यादेश रहेका छन् ।
तर जसपाका सांसदहरुले नागरिकता अध्यादेशलाई भने अस्वीकृतिको सूचना दिएका छैनन्।
तथापि सरकारले सर्वोच्च अदालतले कार्यान्वयन नगर्न नगराउन दिएको आदेशविपरित नागरिकता सम्बन्धी अध्यादेश पनि राष्ट्रिय सभामा पेश गरेको थियो।






























प्रतिक्रिया