कोपा अमेरिकाः पाराग्वेलाई पराजित गर्दै पेरु विजयी

कोपा अमेरिकाः पाराग्वेलाई पराजित गर्दै पेरु विजयी

केन्द्रबिन्दु
0
Shares

पाराग्वेलाई सडन डेथबाट ४-३ गोलले पराजित गर्दै पेरुले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

ओलिम्पिको फुटबल मैदानमा आज बिहान भएको खेल निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो।

जसमा पेरुका जियानलुका लापडुला, भिक्टोर योटुन र रेनाटो टापियाले गोल गर्दा स्याटियागो ओर्मिनो र क्रिस्टियन क्युभा भने गोल गर्न चुके।

पाराग्वेका लागि एन्जल रोमोरो, जुनियर अलोन्सो र रोबर्ट पेरिसले गोल गर्दा ब्रयान सामुडियो र हेक्टर मार्टिनेजले भने गोल गर्न सकेनन्।

पेनाल्टी सुट आउट पनि ३-३ को बराबरीमा सकिएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो।

जसमा पेरुका मिगुइल ट्राउका सफल हुँदा पाराग्वेका एल्बर्टो स्पिनोलाले भने गोल गर्न सकेनन्। 

Logo