सिभिल बैंकका सिइओ पोखरेलले सम्हाले कार्यभार

सिभिल बैंकका सिइओ पोखरेलले सम्हाले कार्यभार

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन्। गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको थियो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा लिने गरेका छन्। उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ।

Logo