नेपालमा आज ३ हजार ६६ जना निको भए, २ हजार ३२८ संक्रमित थपिए

नेपालमा आज ३ हजार ६६ जना निको भए, २ हजार ३२८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ।

नेपालमा आज २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८०१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ४३ हजार ५८० जना र एन्टीजेन परीक्षणबाट ३७ हजार ५५६ जना पुगेको छ। 

आज १९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ।

आज १० हजार १३३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख ६३ हजार ६६६ जनाको पिसिआर र २ लाख ९९२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo