टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दुर्घटना भएको हो। उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साइला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Skip This
Skip This
Logo