राष्ट्रिय सभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। आज बस्न लागेको बैठकमा दुई वटा सम्भावित कार्यसूची तय गरिएको छ। आजको बैठक संसद् भवनमा दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।

यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस अघि असार १७ गते आठौं अधिवेशनको पहिलो बैठक बसेको थियो। सो बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत १६ वटा अध्यादेश पेस भएका थिए।

Skip This
Skip This
Logo