दक्षिण अफ्रीकाले घरेलु टिम वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ। शनिबार राति भएको अन्तिम तथा पाँचौं खेलमा वेस्ट इन्डिजलाई २५ रनले हराउँदै दक्षिण अफ्रीकाले सिरिज ३–२ ले जितेको हो।
दक्षिण अफ्रीकाले दिएको १ सय ६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका इभिन लेविसले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रोन हिटमायरले ३३ रन जोड्दा निकोलस पुरणले २० रन बनाए।
दक्षिण अफ्रीकाका लुंगी एनजीडीले ३ विकेट लिए। कागिसो राबडा र मुल्डेरले २÷२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो।
दक्षिण अफ्रीकाका लागि एडिन माक्रमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । क्विन्टन डी ककले पनि ६० रनको अर्धशतकीय इनिङ्स खेले । वेस्ट इन्डिजका फिडेल एड्वार्ड्सले २ विकेट लिए।































प्रतिक्रिया