निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ सवारी साधन प्रहरीको नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ सवारी साधन प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको शिलशिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तीमध्ये ६३५ वटा गाडी र ४४१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै पछिल्लो २४ घण्टामा १ सय २८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

Skip This
Skip This
Logo