नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ।
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो।
छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।
पार्टीका केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको उक्त समितिमा पौडेलसहित आनन्द ढुङ्गाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन्।































प्रतिक्रिया