प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिङपिङद्वारा आयोजित भर्चुअल बैठकमा सहभागी हुने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा चिनियाँ राष्ट्रपति सीले भर्चुअल बैठक आयोजना गर्न लागेका हुन्।
प्रधानमन्त्री ओली राष्ट्रपतिले आयोजना गरेको भर्चुअल बैठकमा मंगलबार अपराह्न साढे ५ बजे सहभागी हुने प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले केन्द्रबिन्दुलाई जानकारी दिए।
जुममार्फत् हुन लागेको उक्त बैठकमा नेपालका केही शीर्ष नेताहरु तथा दक्षिण एसियाली मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिलाई समेत निमन्त्रणा गरिएको जनाइएको छ।































प्रतिक्रिया