विवाद निरुपण गर्न गठित नेकपा एमाले कार्यदलको बैठक आज पनि सिंहदरबारमा सुरु भएको छ।
बैठक पूर्व–निर्धारित समय अनुसार नै सिंहदरबारमा सुरु भएको हो। आजको बैठकमा पहिलो दिन अर्थात सोमबार रिपोर्टिङ भएका विषयमा छलफल गर्ने र साझा निष्कर्षमा पुग्ने बुझिएको छ।
कार्यदलका सदस्य गोकर्ण विष्टले आज पार्टी विवादका बारे छलफल हुने र एउटा निचोडमा पुग्ने बताएका छन्।
उनले सोमबार कार्यदलमा प्रस्तुत रिपोर्टिङका बारे समीक्षा गरेर अगाडि बढ्ने बताएका छन्।































प्रतिक्रिया