देशभक्ति गीत ‘सरकार चाहियो’ सार्वजनिक (भिडियो)

देशभक्ति गीत ‘सरकार चाहियो’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

समसामयिक नेपालको परिस्थिती बोल्ने देशभक्ति गीत ‘सरकार चाहियो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा रामजी ज्ञवालीको  निर्देशन गरेका हुन्। ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत झण्डै १ दर्जन सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।

सार्वजनिक ‘सरकार चाहियो’ बोलको गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत समेटिएको छ भने सतिष चापागाईँले यो गीतको शव्द लेखेका हुन् । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसाइलीले गरेका हुन् भने प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो।

मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टसँगै कलाकार जिवि चिरन लगायतको अभिनय देख्न सकिन्छ। संकल्प भुजेल र अशोक थापाले खिचेको भिडियोलाई राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको हो।

काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ। गीतले लामो समयदेखिको नेपालको अवस्थालाई चित्रण गरेको छ। भिडियो:

 

Skip This
Skip This
Logo