विप्लव समूहका १४ नेता-कार्यकर्ता रिहा गर्न आदेश

विप्लव समूहका १४ नेता-कार्यकर्ता रिहा गर्न आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका १४ जना नेता-कार्यकर्तालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले नेकपा (विप्लव समूह) का केन्द्रीय सदस्य चुडामणि वली 'आदर्श'सहित १४ जनालाई आदेश दिएको हो ।

उनीहरूका तर्फबाट अधिवक्ता एकराज भण्डारीले बहस गरेका थिए । उनीहरूलाई बाजुरा प्रहरीले २०७६ कार्तिक २२ गते पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले हातहतियार तथा राजद्रोहको मुद्दा चलाएको थियो । सोही अभियोगमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

सो आदेशलाई उल्ट्याउँदै सर्वोच्चले चुडामणिसहित १४ जनालाई रिहा गर्ने आदेश दिएको हो । 

Skip This
Skip This
Logo