आजदेखि देशभर पुनः भारी वर्षाको सम्भावना

आजदेखि देशभर पुनः भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आजदेखि मनसुनी वायु पुनः सक्रिय हुने भएको छ। अहिले मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ। आजदेखि पुनः मौसम सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौं उपत्यकामा अहिले आंशिकरुपमा बादल लागेको छ। महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा पनि आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्य बदली रहनेछ। 

आज प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ। 

आजदेखि देशभर पुनः भारी वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ। साथै, पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रामा निस्कनुपूर्व समन्वय गर्नसमेत महाशाखाको आग्रह छ।  

Skip This
Skip This
Logo