आईपीएल : दिल्ली क्यापिटल्सद्वारा राजस्थान ४६ रनले पराजित

आईपीएल : दिल्ली क्यापिटल्सद्वारा राजस्थान ४६ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको पुगेको हो ।

दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पच्छ्याएको राजस्थानले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रन मात्र जोड्न सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । यो दिल्लीको पाँचौ जित हो । राजस्थानको भने यो चौथो हार हो । राजस्थान ६ खेलमा ४ अंकसहित सातौं स्थानमा छ ।

Logo