एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। ब्युँतिएको एमाले कार्यदलको आजको बैठक तेस्रो बैठक हो।
तथापि आजसम्म कार्यदल कुनै ठोस निर्णयमा पुग्न भने सकेको छैन। आजको बैठकमा यसअघि दुईतर्फबाटै उठाइएको मुद्दालाई गहिराईमा गएर समीक्षा गर्ने बुझिएको छ।
मंगलबारको बैठकले विषय उठान भएको र आज ती विषयवस्तुको गहिराईमा गएर छलफल गर्ने कार्यदलका सदस्य माधव पक्षका नेता रघुजी पन्तले बताएका छन्।
नेकपा एमालेको दश सदस्य कार्यदल पार्टीको विवाद समाधान गरि पार्टीलाई एकताबद्ध गर्न गएको सोमबारदेखि सक्रिय भएर लागेको छ। तर, अहिलेसम्म मिलनबिन्दु पत्ता लाग्न सकेको छैन।































प्रतिक्रिया