करिव एक महिनादेखि घटिरहेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेर २ हजार ८०१.१३ अंकमा झरेको छ।
आज कारोबारमा आएका २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा कारोबार भएको छ । यी मध्ये ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । त्यसैगरी २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ।
आज नेप्से उपसमूहतर्फ विकास बैंक र माइक्रो फाइनान्स बाहेकका अन्य उपसमूहमा राताम्मे देखिएका छन्।
आजको कारोबारमा सबैभन्दा बढी मूल्य बढ्ने शीर्ष कम्पनीमा सिभिल लघुवित्त, सामूदायिक लघुवित्त, साधना लघुवित्त, इभरेष्ट इन्स्योरेन्सलगायतका कम्पनी छन्।
त्यसैगरी सबैभन्दा बढी घट्ने कम्पनीमा माथिल्लो तामाकोसी, युनाइटेड इदी मर्दी, राधी विद्युत्, शिव श्री हाइड्रोपावर, घलेम्दी हाइड्रो लिमिटेडलगायक कम्पनी छन्।































प्रतिक्रिया