इङ्ग्ल्यान्ड युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इङल्यान्ड फाइनलमा पुगेको हो।
गए राति भएको खेलमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको ३०औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाएका थिए। रहिम स्ट्रलिङले गोल गरेपछि इङ्ग्ल्यान्डले ३९ मिनेटमा खेल बराबरी गर्यो।
सन् १९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो।
इङ्ग्ल्यान्डले अब फाइनल खेलमा इटालीको सामना गर्नेछ। स्पेनलाई टाइब्रेकरमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो।





























प्रतिक्रिया