प्रधानमन्त्रीले भने, ‘एकै पुस्तामा विद्वान तयार गर्न सकिंदैन’

प्रधानमन्त्रीले भने, ‘एकै पुस्तामा विद्वान तयार गर्न सकिंदैन’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्तामै विद्वान तयार गर्न नसकिने बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताएका हुन्। 

मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविश्कार गर्दै जानुपर्नेमा उनले जोड दिए। अनुकूल हावापानी र विविधि भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उत्पादन गर्न सकिने बताए।

प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण सम्बद्र्धन गर्दै नयाँ आविश्कारमा लाग्नु पर्नेमा जोड दिए। उनले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधि कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाए।

सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तीनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरुको तिखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओली विहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधिहरुको वेलिविस्तार लगाए । उनले पुर्वजहरुको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको स्पष्ट पारे।

कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो।

Skip This
Skip This
Logo