काठमाडौं उपत्यकामा ४२७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४२७ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौं उपत्यकामा ४२७ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २८७ ,ललितपुरमा ८२ र भक्तपुरमा ५८ रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २८६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ।

नेपालमा आज १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६५७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ५१ हजार ३८० जना र एन्टीजेन परीक्षणबाट ४१ हजार ४६९ जना पुगेको छ। 

आज २९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।

आज १० हजार ५०४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख ९६ हजार ७५३ जनाको पिसिआर र २ लाख २२ हजार ५५१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo