आजको मौसमः देशभर वर्षा, अझै केही दिन कायम रहने

आजको मौसमः देशभर वर्षा, अझै केही दिन कायम रहने

केन्द्रबिन्दु
0
Shares

आज पनि देशभर सामान्यदेखि पूर्ण बदलीका साथै पानी परिरहेको छ। मनसुनी वायुको प्रभाव कायम रहेको र अझैं केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

अहिले काठमाडौं उपत्यकासहित प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ का केही स्थानहरुमा वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। 

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

Skip This
Skip This
Logo