रजटपट अंकलविरुद्ध गरिमाको कानूनी एक्सन !

रजटपट अंकलविरुद्ध गरिमाको कानूनी एक्सन !

केन्द्रबिन्दु
0
Shares

मोडल गरिमा शर्मा पछिल्लो समय म्युजिक भिडियोमार्फत दर्शक स्रोतामाझ चिनिएको अनुहार हो । तर, उनी म्युजिक भिडियोबाट मात्र नभएर विभिन्न गसिपबाट पनि यतिबेला चर्चामा आउने गरेकी छन्। 

पहिले अभिनेता पल शाहसँग प्रेममा रहेको भन्ने गसिप गरिमाको जीवनमा निकै चर्चाको विषय बनेको थियो । फेरि अहिले गायक तथा मोडल दुर्गेस थापासँग ‘लभ एण्ड ब्रेकप’को विषयले खुवै चर्चा पाएको छ।

केही दिन अघि समाजिक सञ्जाल ‘टिकटक लाइभ’मा आएर ‘लभ एण्ड ब्रेकप’का विषयमा खुलेर कुराकानी गरेका थिए दुर्गेस र गरिमाले। यद्यपि त्यो संवाद एउटा रमाइलोको लागि गरिएको संवाद मात्र भएको गरिमाको दावी छ। 

तर, दुर्गेस र गरिमाको विषयले पछिल्लो दिनयता भने निकै चर्चा पाएको छ। एपिवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजटपट’ले गरिमा र दुर्गेसको विषयलाई प्राथमिकतामा राखेर रिपोर्ट प्रस्तुत गरेपछि भने गरिमाले त्यसको प्रतिकार गरेकी छन्। 

उनले उक्त कार्यक्रमका सञ्चालक प्रकाश सुवेदीले टेलिफोन सम्पर्क गरेर सामान्य विषय भएको भन्ने बुझेर पनि बद्नियतपूर्ण हिसाबमा रिपोर्ट बनाएको आरोप लगाएकी छन्। उनले हाँसो ठट्टामा बोलिएको संवादलाई टुक्रातुक्रि जोडेर सत्य तथ्य नबुझी रिपोर्ट बनाएको आरोप पनि लागाएकी छन्।

त्यतिमात्र नभएर समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै गरिमाले भ्रामक समाचार सम्प्रेषण गरेकोप्रति भर्त्सना गरेको उल्लेख गर्दै न्यायका निम्ति सम्बन्धित निकायमा पुग्न बाध्य भएको पनि खुलाएकी छन्। यद्यपि उनी कार्यक्रम रजटपटविरुद्ध कस्तो कदम चालेकी हुन् त्यो भने खुलाएकी छैनन्।

Skip This
Skip This
Logo