नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज २ हजार ५९ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज २ हजार ५९ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । आज २ हजार ५९ जना थपिएका छन् । विहिबार ४ हजार ३६४ जना थपिएका थिए।

कोरोनाबाट देशभर निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ६८० छ । विहिबार निको हुनेको संख्या २ हजार ६७५ थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ । विहिबार १२ जनाको मृत्यु भएको थियो ।

आजको पिसिआर परीक्षण १३ हजार २७९ रहेको छ । विहिबारको पिसिआर परीक्षण १८ हजार ४७३ रहेको थियो । आज २७ हजार ५३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ४०९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ११६ , भक्तपुरमा १३० र ललितपुरमा १६३ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा ३० हजार ५०५, ललितपुरमा ४ हजार १२७ र भक्तपुरमा ३ हजार ६६ संक्रमित पुगेका छन् । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ३७ हजार ६९८ पुगेको छ ।

Skip This
Skip This
Logo