प्रहरी हिरासतमै रहेका थुनुवा ग्रिल काटेर फरार, खाेजी कार्य जारी

प्रहरी हिरासतमै रहेका थुनुवा ग्रिल काटेर फरार, खाेजी कार्य जारी

केन्द्रबिन्दु
0
Shares

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन्। लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन्। 

प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

यसैबीच सिरहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरि अदालतमा बुझाएको छ। कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरि अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।रासस 

Skip This
Skip This
Logo