आजका लागि तय वाग्मती प्रदेशसभा बैठक स्थगित

आजका लागि तय वाग्मती प्रदेशसभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ। प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो। 

सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ। आव २०७८/७९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरिद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन्। 

आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताए।

Skip This
Skip This
Logo