गण्डकीका दुई मन्त्रीलाई जिम्मेवारी, दीपक मनाङेले पाए युवा तथा खेलकुद मन्त्रालय

गण्डकीका दुई मन्त्रीलाई जिम्मेवारी, दीपक मनाङेले पाए युवा तथा खेलकुद मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बिना विभागिय दुई मन्त्रीलाई जिम्मेवारी दिने भएका छन्। आइतबार बजेटमाथिको छलफल सुरु हुनु अघि उनले दुई मन्त्रीलाई जिम्मेवारी दिने भएका हुन्। 

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यस अघि दुवैले यी मन्त्रालय अस्वीकार गरेका थिए। 

गण्डकीमा सुरुदेखि नै गठबन्धन सरकारमा किचलो देखिएको भए पनि अब भने समस्या समाधानतिर गएको अनुमान गर्न सकिन्छ।

Logo