१५ यूरोपेली राष्ट्रद्वारा कोभिशिल्डलाई मान्यता

१५ यूरोपेली राष्ट्रद्वारा कोभिशिल्डलाई मान्यता

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठन(डब्ल्यु एच ओ)की प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपलाई यूरोपेली संघ अन्तगर्तको १५ राष्ट्रले मान्यता दिएको बताएकी छिन्। 

बेलायतको अष्ट्राजेनेका विकास गरेको कोभिशिल्ड खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो।

संगठनकी प्रमुख वैज्ञानिक स्वामीनाथनले ट्वीट गर्दै यूरोपेली संघका १५ राष्ट्रले अब कोभिशिल्डलाई मान्यता दिएको खुलाएकी छिन्। 

शुक्रबार बेल्जियमले कोभिशिल्ड खोप लगाएकालाई मान्यता दिने निर्णय गरेको थियो। उसले कोभिशिल्डलाई मान्यता दिँदा कोभ्याक्समार्फत् सहुलियतमा खोप पाउन लागेका नेपाल, भुटान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश लगायतका राष्ट्रका नागरिक पनि लाभान्वित हुने जनाएको छ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo