नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनु पर्छ: खेलकुदमन्त्री श्रेष्ठ

नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनु पर्छ: खेलकुदमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुदमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताएका छन्। 

मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यकाभित्रका स्थानीय स्काउट समितिको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाईलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनु पर्ने बताएका हुन् । अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उनले उल्लेख गरे।

उनले भने,–‘हरेक देशमा स्काउटको प्रमुख संरक्षक देशको राष्ट्राध्यक्ष हुने चलन छ। आजै म सभाध्यक्ष लोकबहादुर भण्डारीजी मार्फत् यहाँहरु समक्ष प्रस्ताव राख्न चाहन्छु, हाम्रो यो मुलुकको स्काउटको प्रमुख संरक्षक पनि सम्माननीय राष्ट्रपति हुनुपर्छ । हामिले राष्ट्रपतिज्यूलाई प्रमुख संरक्षक र कार्यकारी प्रमुख प्रधानमन्त्रीज्यूलाई संरक्षक र शिक्षामन्त्री अथवा युवा तथा खेलकुदमन्त्री संरक्षक। यो ढंगले अगाडि बढायो भने स्काउटको अझ गरिमा उठ्छ । स्काउटको अझ हाइट बढ्छ।’

मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशन अनुरुप आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमार्फत् १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताए। मन्त्री श्रेष्ठले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि स्काउटबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। स्काउटलाई अझै नयाँ र प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। 

Skip This
Skip This
Logo