स्थायी कमिटी बैठकमा माधव नेपाल नजाने

स्थायी कमिटी बैठकमा माधव नेपाल नजाने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले बोलाएको स्थायी कमिटी बैठकमा एमाले वरिष्ठ नेता माधव नेपाल नजाने भएका छन्।

आजै ५ बजेलाई बोलाइएको बैठकमा माधव नेपाल नजाने भएका हुन्। ब्युँतिएको कार्यदलले एक साता लामो प्रयासपछि १० बुँदामा सहमति गरेको थियो । उक्त सहमतिको ड्राफ्ट आजै बस्ने स्थायी कमिटी बैठकले पास गरि कार्यान्वयनमा लैजाने बताइएको थियो।

तर, माधव नेपाल भने कार्यदलले विवाद निरुपण गर्न गरेको १० बुँदामै असहमत थिए।

स्थाथी कमिटी बैठक बस्नु अघिनै अध्यक्ष केपी ओली र माधव नेपालबीच भेट गराउने भन्दै माधवपक्षका दोस्रो तहका नेता सक्रिय भएर लागिरहेका छन् । तथापि उनीहरुले भेट गराउन सफल भएका छैनन्।

माधवपक्षका नेता एमाले केन्द्रीय कमिटी सदस्य सोम पाण्डेले स्थायी कमिटी बैठकको वातावरण नबनिसकेको हुँदा बैठकमा जाने अबस्था नरहेको बताए।

एमाले माधव नेपालपक्षका स्थायी कमिटीले सल्लाह नगरि बैठकमा नजाने भन्ने निष्कर्ष निक्लिएको हुँदा बैठक माधवपक्षका नेताहरु जानुहुन्न, उनले भने। विपक्षी गठबन्धनको बैठकमा जाने कुरा हल्ला भएपनि त्यो निर्णय नभएको उनले बताए।

Skip This
Skip This
Logo