नेकपा एमालेको स्थायी कमिटी बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा केन्द्रीय कमिटी बैठकको माग भएको छ। प्रभावशाली नेतृ रामकुमारी झाँक्रीलगायत नेताहरूले बैठक बस्नुपर्ने माग गरेका हुन्।
आजै बस्ने स्थायी कमिटी बैठकले १० सदस्यीय कार्यदलले तयार गरेको एकतासम्बन्धी सहमतिको बुँदाहरूलाई अनुमोदन गर्ने भनिएको छ।
तर, कार्यदलले तयार गरेको बुँदाहरूप्रति वरिष्ठ नेता नेपाल असहमत छन्। उनी पक्षीय उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, नेता सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र रघुजी पन्त कार्यदलमा थिए।
तिनै नेताहरू सम्मिलत कार्यदलले तयार गरेको सहमतिको बुँदाप्रति नेपालसहित उनीपक्षका थुप्रै नेताहरू असहमत छन्।
अहसमत नेताहरूले पार्टी केन्द्रीय कमिटी बैठक माग गरेका हुन्। केन्द्रीय कमिटी सदस्य दिलु पन्तले बैठक बस्ने भन्ने जानकारी आएको तर कतिबेला बस्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको केन्द्रविन्दुलाई बताइन्।
१० सदस्यीय कार्यदलले आइतबार १० बुँदे एमाले एकतासम्बन्धी सहमतिको खाका तयार गरेको थियो। गत सोमबार कार्यदललाई ब्युँताइएको हो।































प्रतिक्रिया