मंगलबार नेप्से परिसूचक १६.३४ अंकले वृद्धि

मंगलबार नेप्से परिसूचक १६.३४ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा पुनर्स्थापनासँग भएरसँगै सोमबार ४६.०६ प्रतिशत घटेको नेप्से परिसूचक मंगलबार शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएसँगै बढेको छ। मंगलबार नेप्से परिसूचक १६.३४ अंकले बढेर २ हजार ८७१.०४ विन्दुमा पुगेको छ।

आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँमा कारोबार भएको छ। जसमा १६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

आज सवइन्डेक्सतर्फ जीवन बीमाबाहेक सबैको बढेको छ भने फाइनान्सतर्फको उपसमूहमा सबैभन्दा बढी वृद्धिदर देखिएको छ।

आज सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स लगायतका छन्। त्यस्तै, सानिमा लार्ज क्याप फण्ड, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त, ग्लोवल आइएमई समुन्नत स्किमको शेयर मूल्य घटेको छ।

Logo