प्रदेश नं. १ मा ४११ जना सङ्क्रमित थपिए

प्रदेश नं. १ मा ४११ जना सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश १ मा विहिबार सबैभन्दा बढी ४११ जना कोरोना सङ्क्रमित थपिएका र विभिन्न स्थानबाट ४५८ जना डिस्चार्ज भएका छन् । थपिएका सङ्क्रमितमा १५८ महिला र २५३ जना पुरुष रहेका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा १७४ मध्ये विराटनगरमा १००, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा दुई, दुई, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा एक,एक जना र प्रदेश बाहिरका १७ जनामा सङ्क्रमित रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या आठ हजार ८५७ पुगेको छ भने अहिलेसम्ममा चार हजार ६६२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ६६१ जना सहित अहिलेसम्ममा एक लाख ३२ हजार ३३१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo