बालकोटकाे बार्दलीबाट ओली : ‘माधव नेपालले सरकार ढाल्न अगुवाइ गरे, उनलाई एमालेमा ठाउँ छैन’

बालकोटकाे बार्दलीबाट ओली : ‘माधव नेपालले सरकार ढाल्न अगुवाइ गरे, उनलाई एमालेमा ठाउँ छैन’

केन्द्रबिन्दु
0
Shares

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोटस्थित निजी निवास पुगेका छन्।

बालुवाटारस्थित सरकारी निवास छाडेर बुधबार दिउँसो उनी बालकोट पुगेका हुन्। ओलीलाई बालुवाटारबाट बालकोटसम्म उनका समर्थकहरूले गाडी र मोटरसाइकल र्यालीमार्फत पुर्याएका थिए।

मुसलधारे पानिमा रुझ्दै नेता तथा कार्यकताले ओलीलाई बालकोट पुर्याएका थिए। ओलीलाई बाटोमा स्किटङ गरेर बालकोट पुर्याएको हो। 
बाटोमा युथ फोर्सका युवाहरुले ‘आई लभ यु केपी बा’, ‘हाम्रो केपी हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘माधव प्रचण्डलाई फासी दे’, लगायतका नारा लगाउदैँ र्याली निकालेका थिए।

बालकोटमा स्थित बाटोमा सुर्य र नेपालको झन्डा अंकित चित्र बनाइ स्थायिन बासीँहरुले फूल दिएर स्वागत गरेका थिए भने, उनको निवासमा ओलीलाई टीका लगाएर स्वागत गरिएको थियो। 

बालकोट पुगेर उनले आफ्ना समर्थकहरुलाई सम्बोधन समेत गरे।

सम्बोधनका क्रममा उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको आरोप लगाए। अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नहुने उनको भनाइ छ।

‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’ ओलीले भने।
 

Skip This
Skip This
Logo