कालिगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

कालिगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

कालिगण्डकी डाइभर्सनको प्रकृया अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै पनि काम नगर्न मंंगलबार आदेश दिएको हो।

कालीगण्डकी नदीको बहावको दिशा परिवर्तन गरी रिजर्भवायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरू निकासी गर्ने, शालीग्राम चोरी निकासी तथा विनाश गर्ने जस्ता प्राकृतिक वहाव र पर्यावरणप्रति हानीकारक हुने कुनै काम अघि नसार्न भन्दै सवोच्र्चले अन्तरिम आदेश जारी गरेको हो।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले असार २५ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले त्यस्तो निर्णय गरेको हो।
 

Skip This
Skip This
Logo