प्रतिपक्षी दल एमालेद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

प्रतिपक्षी दल एमालेद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ। बहुवर्षीय योजनाका साथै स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई समेत निरन्तरता नदिइएको भन्दै नेकपा एमालेका प्रदेशसभा सदस्यले उठेर बैठक अवरुद्ध गरेका हुन्।

बैठक अवरुद्ध भएसँगै सभामुख नेत्रनाथ अधिकारीले नेकपा एमालेका रामशरण बस्नेतलाई बोल्न दिएका थिए। सदस्य बस्नेतले बजेटको न्यायोचित वितरण नगरिएको आरोप लगाउँदै मन्त्रालयमा एकमुष्ट रकम राखिएको बताए। जिल्लागतरुपमा पनि बजेट वितरण न्यायोचित नभएको उहाँको भनाइ छ । 

नेकपा एमालेका तर्फबाट बुझाइएको १० बुँदे ध्यानाकर्षणबारे सम्बोधन नहुँदासम्म सभाका गतिविधि अघि बढाउन नदिने उनले बताए। एमालेको ध्यानाकर्षणपत्रमा बहुवर्षे आयोजना पूर्वाग्रहका आधारमा रद्द गरिएको, सालबसाली सञ्चालनमा रहेका योजना अलपत्र पारिएको, निर्माणाधीन सडकलाई अनुसूचीमा राखेर सत्तापक्षीय सदस्यको क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको आरोप लगाएको छ।

त्यस्तै उज्यालो गण्डकी प्रदेश कार्यक्रम, स्थानीय पालिका केन्द्र जोड्ने सडक, निर्वाचन क्षेत्रीय सडकको दोस्रो खण्ड, एक पालिका एक खेल मैदान, एक घर एक धाराजस्ता महत्वपूर्ण योजनालाई निरन्तता नदिएको भन्दै ध्यानाकर्षणपत्रमा असन्तुष्ट व्यक्त गरिएको छ। दुर्गम र पिछडिएको क्षेत्रको बजेट कट्टा गरेको, विभिन्न मन्त्रालयमा योजना उल्लेख नगरी बजेट एकमुष्ट राखिएको, वार्षिक विकास कार्यक्रम नीति कार्यक्रम र बजेट वक्तव्यभन्दा फरक परेकाले सोहीअनुसार समायोजन गर्न पनि एमालेले माग गरिएको छ।रासस 

Logo