काठमाडौँ उपत्यकामा ४२५ जना सङ्क्रमित भेटिएका छन्। जसमध्ये काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना सङ्क्रमित भेटिएका हुन्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २४ हजार ७११ पुगेको छ।
नेपालमा आज २ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८९५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ६० हजार ७८८ जना र एन्टीजेन परीक्षणबाट ४७ हजार ९५३ जना पुगेको छ।
आज १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ।
आज १३ हजार २४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ३८ हजार ३३८ जनाको पिसिआर र २ लाख ४७ हजार ५४२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।































प्रतिक्रिया