सशस्त्र द्वन्द्व त्यागेर हालसालै मूलधारको राजनीतिमा प्रवेश गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न दाहाल निवास खुमलटार पुगेका छन्।
माओवादीको संलग्नतामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको भोलिपल्ट विप्लव प्रचण्डलाई भेट्न पुगेका हुन्। प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा माओवादीबाट छुट्टिएर विप्लवले सशस्त्र संघर्षको सुरुवात गरेका थिए।
केपी ओली सरकारसँग सम्झौता भएपछि विप्लव सार्वजनिक भएर मूलधारको राजनीतिमा प्रवेश गरेका थिए। यद्यपि, थुनामा रहेका आफ्ना नेता कार्यकर्ता रिहा नभएको भन्दै पछिल्लो समय उनी ओली सरकारप्रति असन्तुष्ट रहँदै आएका थिए।































प्रतिक्रिया