अफगानिस्तानबाट सेना फर्काउनु गलत निर्णय : जर्ज डब्लु बुश

अफगानिस्तानबाट सेना फर्काउनु गलत निर्णय : जर्ज डब्लु बुश

केन्द्रबिन्दु
0
Shares

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् ।

उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताए । “मेरो जानकारी अनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् ।

उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रम जारी रहनेछ,’ बुशले जर्मन प्रसारक ड्युसे भेलेलाई भने। उनले भने, “मेरो विचारमा सेना फिर्ता गल्ती थियो ।” 

पूर्व रिपब्लिकन राष्ट्रपति बुसले सेप्टेम्बर ११ मा न्यू योर्कको विश्व व्यापार केन्द्रमा आक्रमण गरेपछि २००१ मा अफगानिस्तानमा सेना परिचालन गर्ने निर्णय गरेका थिए । जर्मन चान्सलर एन्जेला मर्केलले पनि सेना फिर्ताबारे बुसको जस्तै विचार राखेका छन् । 

अमेरिक राष्ट्रपति जो बाइडेनले यसै वर्षको अगस्ट ३१ सम्ममा सेना फिर्ता प्रक्रियालाई अन्त्य गर्ने घोषणा गरेका छन् । 

Skip This
Skip This
Logo