काठमाडौं उपत्यकामा आज ५५३ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ५५३ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ५५३ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना संक्रमित थपिएका हुन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ।

नेपालमा आज २ हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८९४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ६२ हजार ५७० जना र एन्टीजेन परीक्षणबाट ४८ हजार ८४७ जना पुगेको छ। 

आज ३३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ।

आज १२ हजार ७६८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ४६ हजार ५८६ जनाको पिसिआर र २ लाख ५२ हजार ५४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo