विदेशी नागरिक पिटरको मुद्दामा प्रत्यर्थी झिकाउन आदेश

विदेशी नागरिक पिटरको मुद्दामा प्रत्यर्थी झिकाउन आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले बाल यौन दुराचारको आरोपमा कैद भुक्तान गरिरहेका युएन ह्याबिटाटका अफगानिस्तान प्रतिनिधि पिटर जोन डाल्गलिसको मुद्दामा प्रत्यर्थी (निवेदक) झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले बिहीबार उक्त आदेश दिएको हो।

यसअघि गत वर्षको भदौ ३१ र असोज ९ गते पनि पिटरविरुद्धको बाल यौन दुराचारको मुद्दामा अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको थियो। २४ चैत ०७४ मा उनी पक्राउ परेका हुन्। काभ्रेको मण्डन देउपुरस्थित चीनकाजी महर्जनको घरमा उनी पक्राउ परेका थिए।

सन् २०१० देखि २०१४ सम्म ४ वर्ष उनले मण्डनदेउपुरमा बिताएका थिए । प्रहरी अनुसन्धानको क्रममा उनी विश्व स्वास्थ्य संगठनको सल्लाहकार भएर लाइबेरिया र विश्व खाद्य कार्यक्रममा डार्फरमा समेत काम गरेको खुलेको थियो।

उनी स्ट्रिट किड्स इन्टरनेसनलका संस्थापक हुन्। क्यानेडियन नागरिक उनी विभिन्न तीन विद्यामा मानार्थ विद्यावारिधी हुन्।

प्रहरीले गरिबी र अभावको फाइदा उठाउँदै बालबालिकालाई पढाइदिने, विदेश घुमाइदिने, जागिर लगाइदिनेजस्ता प्रलोभनमा पारी दुराचार गरेको पाइएको भन्दै उनीविरुद्ध पक्राउ गरी मुद्दा दायर गरेको थियो।

र, उनी पुर्पक्षका लागि २३ वैशाख ०७५ मा कारागार चलान भएका थिए।

Skip This
Skip This
Logo