बजेट पारित हुन नसकेपछि कर्णालीद्वारा दुई अध्यादेश स्वीकृत

बजेट पारित हुन नसकेपछि कर्णालीद्वारा दुई अध्यादेश स्वीकृत

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले दुई अध्यादेश स्वीकृत गरेको छ। 

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश भएको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिसका लागि स्वीकृत गर्ने निर्णय गरेको हो। 

प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आव २०७८/०७९ को बजेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एक महिनासम्म पारित गर्न नदिएपछि अध्यादेशमार्फत बजेट जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीले जानकारी दिइन्। 

Skip This
Skip This
Logo