केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि उनका पक्षमा एमाले कार्यकर्ताले सडक प्रदर्शन जारी राखेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्दै उनीहरुले प्रदर्शन जारी राखेका हुन्।
उक्त प्रदर्शनबारे जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले व्यंग्य गरेका छन्।
आज बिहानै सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले हिट्लरसँग तुलना गर्दै लेखेका छन्, 'खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ! ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!'































प्रतिक्रिया