एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्ने निर्णय गरेको छ।
शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सहमति ग्रहण गर्दै कार्यदल खारेज गरेको हो।
त्यस्तै,नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय पनि गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो । बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरु बैंठक चलिरहेका बेला बैठक रोक्न भन्दै पुगे पनि अध्यक्ष ओलीले अस्वीकार गरेका थिए।































प्रतिक्रिया