नेकपा एमालेका नेता भीम रावलले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभएका कारण माधव नेपाल पक्षले बैठक बहिष्कार गरेको बताएका छन्।
स्थायी कमिटी सदस्यसमेत रहेका कार्यदल सदस्यहरुले बैठक स्थगित गर्न र शिर्ष तहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेपछि आफूहरु बैठकमा सहभागी नभएको नेता रावलले बताए।
अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक राख्न आग्रह गर्दा पनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए।
नेता रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमति गरे अनुरुप पार्टी बैठकहरु सञ्चालन गरिनुपर्ने बताए।































प्रतिक्रिया