नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताएका छन्।
शुक्रबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताएका हुन्। उनले गठबन्धनले लोकतान्त्रिक मूल्य मान्यता र दलीय व्यवस्थालाई तोडेको बताए। गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उनले बताए।
उनले नेपालको निर्वाचन पद्धती अस्थिरता जन्माउने खालको भएको पनि बताए। उनले एमाले नेतृत्वको सरकारमाथि विभिन्न खालका षडयन्त्र भएको उल्लेख गर्दै सरकार निर्माणताका नै एमाले बाहेकको सरकार बनाउने प्रयास गरिएको पनि स्मरण गरे।































प्रतिक्रिया